• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

सर्लाही-४ मा गगनसँग मतान्तर बढाउँदै अमरेश


  • धनकुटा खबर
  • .

सर्लाही। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो प्रारम्भिक परिणाम सार्वजनिक भएको छ।

बिहान ७ बजेसम्मको मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेशकुमार सिंहले अग्रता कायमै राखेका छन्। हालसम्मको मतगणनामा रास्वपाका सिंहले ११ हजार ३८३ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन्।

दोस्रो स्थानमा नेपाली कांग्रेसका उम्मेदवारले ६ हजार ९५२ मत प्राप्त गरेका छन्। त्यसैगरी नेकपा एमालेका उम्मेदवारले १ हजार ९६७ मत प्राप्त गरेका छन् भने जनमत पार्टीका उम्मेदवारले ८४० मत ल्याएका छन्। नेकपाले ४८९ मत प्राप्त गर्दा जसपा नेपालले ३६ मत पाएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले २० मत प्राप्त गरेको छ। यसैबीच, मतगणनामा १ हजार ८७ मत बदर भएको जनाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖