विराटनगर । कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये ४ वटा निर्वाचन क्षेत्रमा हर्कराज राई (साम्पाङ) नेतृत्वको श्रम संस्कृति पार्टी अगाडि देखिएको छ । सो पार्टी सुनसरी १, भोजपुर, खोटाङ र इलाम १ मा अगाडि छ ।
सो पार्टीका अध्यक्ष हर्क साम्पाङ सुनसरीको क्षेत्र नम्बर १ मा अगाडि छन् । उनले हालसम्म ७ हजार ८१३ मत ल्याउँदा रास्वपाकी गोमा तामाङले ५ हजार ८७१ मतसहित दोस्रो स्थानमा छन् ।
यस्तै, भोजपुरमा सो पार्टीका उम्मेदवार ध्रुवराज राई ५ हजार ३६७ मतसहित अगाडि छन् । उनलाई एमालेका केन्द्रीय सचिवसमेत रहेका नेता शेरधन राईले ४ हजार २१४ मत ल्याउँदै पछ्याइरहेका छन् ।
उता, खोटाङमा पनि श्रम संस्कृति पार्टी अगाडि छ । सो पार्टीका उम्मेदवार आरेन राईले ५ हजार ७४४ मत ल्याउँदा उनलाई कांग्रेसका वीरकाजी राईले ४ हजार ९३५ मतसहित पछ्याइहेका छन् ।
त्यस्तै, इलाम १ मा पनि श्रम संस्कृति पार्टी अगाडि छ । सो पार्टीबाट उम्मेदवार बनेका विनोद नेम्बाङ लिम्बूले २ हजार ९२ मतसहित अगाडि छन् भने नेकपा एमालेका काजीमान कागते १ हजार ९५८ मतसहित दोस्रो स्थानमा छन् ।
