• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

प्रेम आलेलाई हराउँदै कैलाली–५ मा रास्वपाका चन्द निर्वाचित


  • धनकुटा खबर
  • .

कैलाली । कैलाली क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आनन्दबहादुर चन्द निर्वाचित भएका छन् ।

३१ हजार ९५३ मत ल्याएका चन्दले पूर्वमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रेमबहादुर आलेलाई पराजित गरे । आलेले ७ हजार ८७६ मत प्राप्त गरेका छन् ।

सो क्षेत्रमा नेपाली कांग्रेसका नर नारायण शाह ११ हजार ९५८ मत सहित दोस्रो भएका छन् ।

पूर्वमन्त्री आले तेस्रो स्थानमा समिति भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आनन्द बहादुर चन्दलाई विजयी घोषणा गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖