• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

अब ११ ठाउँको मत परिणाम मात्र आउन बाँकी, कहाँ–कसको अग्रता ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फको मतगणना अन्तिमतिर पुगेको छ ।

निर्वाचन आयोगका अनुसार १५४ क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ भने अब ११ ठाउँको मत परिणाम मात्र आउन बाँकी छ । ती स्थानमा मतगणना जारी रहेको छ।

हाल सुनसरी – २, सुनसरी–४, बर्दिया–२, रामेछाप, गोरखा– २, धनुषा–१, नुवाकोट–१ र गोरखा–१ मा मतगणना भइरहेको छ । ती स्थानमा रास्वपाको अग्रता छ ।

यस्तै अछाम–२, इलाम–१ र संखुवासभामा मतगणना जारी रहेको छ। ती क्षेत्रमा एमालेको अग्रता छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖