• Thursday 8th of October 2026

कार्कीलाई विश्वासको मत दिएर गठबन्धन जोगाउछौं : प्रधानमन्त्री दाहाल


  • धनकुटा खबर
  • .

चितवन। प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशी प्रदेशमा गठबन्धनकै नेतृत्वको सरकार हुने बताएका छन्।

भरतपुर बिमानथस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै काङ्ग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालासँग गठबन्धन टुट्न नदिने कुरा गरेको उनले बताए। कोशीमा कार्कीलाई विश्वासको मत दिएर गठबन्धन जोगाउने उनको भनाइ थियो।

कोशीमा गठबन्धन कै सरकार हुने र सर्वपक्षीय सरकारको सम्भावना नभएको उनको भनाइ थियो। उनले भने,‘कोशीको समस्या जसरी सोचिएको थियो त्यो समाधान तिर गएको छ । बिहानको तीन नेताहरुबीचको सहमतिले गठबन्धनलाई अझ बलियो बनाउन मद्दत मिलेको छ।’

सो अवसरमा उनले नेपालको अर्थतन्त्रलाई लयमा ल्याउन मेजर अपरेसनको आवश्यकता रहेको औंल्याए। उनले चितवन आफू आराम गर्न आएको बताउँदै चितवन एयसपोर्टको काम अगाडि बढाउन मन्त्रीसँग छलफल भएको बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖