• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

गगन थापाले भने- म राजीनामा दिन्छु


  • धनकुटा खबर
  • .

काठमाडौ । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले पदबाट राजीनामा दिन लागेको बताएका छन्।

उपसभापति विश्वप्रकाश शर्मासँग आज भएको कुराकानीका क्रममा सभापति थापाले आफूले पदबाट राजीनामा दिन लागेको कुरा बताएका हुन्।

उनीहरूबीच आज साँझपख नयाँ बानेश्वरमा छलफल भएको हो।
‘म सभापति पदबाट राजीनामा दिन्छु,’ सभापति थापाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘उपसभापति विश्वप्रकाश शर्माले अहिले राजीनामा नगर्न सुझाव दिनुभएको छ।’

फागुन २१ गते भएको प्रतिनिधिसभा चुनावको पराजयको जिम्मेवारी लिँदै आफूले पद त्याग्नु उचित हुने कुरा सभापति थापाले उपसभापति शर्मासँग राखेका थिए।

विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति आएको ५० दिनमा चुनाव भएकोले चुनावी पराजयको समग्र सूक्ष्म समीक्षा गरेर स्थितिलाई सम्हालेर अघि बढ्नुपर्ने कुरा उपसभापति शर्माको थियो।

सभापतिले पदबाट राजीनामा दिएर पार्टीलाई झनै अप्ठ्यारो अवस्थामा पुग्न दिन नहुने शर्माले बताएका थिए।

फागुन २१ गते भएको प्रतिनिधिसभा चुनावमा सभापति थापासहित चुनाव उठेका सबै पदाधिकारीहरू पराजित भएका थिए। कांग्रेसले १८ सिटमा मात्रै जित हासिल गरेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖