• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

पिताको निधनपछि पत्नीसहित अस्पताल पुगे अध्यक्ष ओली


  • धनकुटा खबर
  • .

काठमाडौ । पिताको निधनपछि पत्नी राधिका शाक्यसहित नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा भक्तपुरस्थित नेपाल–कोरियामैत्री अस्पताल पुगेका छन् ।

पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज अस्पतालमा निधन भएको हो । दिवङ्गत ओलीका दुई छोरा र तीन छोरी छन् ।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने अध्यक्ष ओलीको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖