• Monday 5th of October 2026

उज्वेकिस्तानसँग पराजित हुँदै नेपाल काभा पुरुष भलिबल च्यालेन्ज कपबाट बाहिरियो


  • धनकुटा खबर
  • .

काठमाण्डौ – काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । श्रीलंकाको कोलम्बोमा भएको खेलमा उज्वेकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भयो ।

अघिल्लो चरणमा जानको लागि नेपालले आज उज्वेकिस्तानलाई ४ सेटको अन्तरमा हराउनैपर्ने थियो।

हारसँगै नेपाल बाहिरिएको छ । नेपालले यो प्रतियोगितामा बंगलादेशलाई हरायो भने श्रीलंका, अफगानिस्तान र उज्वेकिस्तानसँग पराजित भयो । ६ टोली सहभागी प्रतियोगितामा आयोजक श्रीलंका फाइनल पुगेको छ । फाइनल र तेस्रो स्थानको खेल भोलि हुनेछ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖