• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

कांग्रेस सांसद केसीले सञ्चालन गर्नेछन् प्रतिनिधि सभाको पहिलो बैठक


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसबाट समानुपातिक सांसदमा निर्वाचित अर्जुन नरसिंह केसीले प्रतिनिधि सभाको पहिलो बैठक सञ्चालन गर्ने भएका छन् ।

सोमबार निर्वाचन आयोगले सार्वजनिक गरेको समानुपातितकर्फ निर्वाचित सूचीमा ७८ वर्षीय केसी सबैभन्दा ज्येष्ठ सांसद हुन् ।

केसीले बैठक सञ्चालन नगरेकाे अवस्थामा नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का ७३ वर्षीय सांसद परशुराम तामाङले सञ्चालन गर्नेछन् ।

संविधानत: ज्येष्ठ सांसदले पहिलो बैठक सञ्चालन गर्छन्।

प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधि सभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरको हिसाबले ज्येष्ठ सदस्यले गर्ने संविधानको धारा ९० को उपधारा ५ मा व्यवस्था छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖