• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

हेलिकप्टर दुर्घटनाबारे एयर डाइनेस्टीले विज्ञप्ति जारी गर्दै के भन्यो ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । खोटाङको बेलाबेसीमा आज भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाबारे कम्पनीले आधिकारिक जानकारी गराएको छ । काठमाडौँबाट खोटाङतर्फ उडेको ९एन-एएफक्यू कलसाइनको हेलिकप्टर आज बिहान ११:५१ बजे दुर्घटनामा परेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

एयर डाइनेस्टीका वरिष्ठ प्रबन्धक बालकृष्ण पण्डितद्वारा जारी प्रेस विज्ञप्तिमा हेलिकप्टरमा एक चालक दलका सदस्यसहित कुल ६ जना सवार रहेको उल्लेख छ। दुर्घटनामा परे पनि हेलिकप्टरमा सवार सबै यात्रु र चालक सकुशल रहेको कम्पनीले जनाएको छ।

विज्ञप्तिमा दुर्घटनाको प्राविधिक कारणबारे थप अनुसन्धान भइरहेको उल्लेख छ। कम्पनीले भनेको छ, ‘हालसम्मको अवस्थामा कुनै पनि मानवीय क्षति भएको जानकारी छैन र सबै यात्रु तथा चालक सुरक्षित हुनुहुन्छ। एयर डाइनेस्टी हेलि सर्भिसेज प्रालि अहिले सम्बन्धित निकायहरूसँग समन्वय गर्दै घटनाको यथार्थ विवरण र कारण पत्ता लगाउन क्रियाशील छ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖