• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

नेता अधिकारीले एमाले त्यागे, रास्वपा प्रवेश गर्ने तयारी


  • धनकुटा खबर
  • .

काठमाडौं। ठमेल पर्यटन विकास परिषदका अध्यक्ष ध्रुव अधिकारीले रास्वपा प्रवेश गर्ने संकेत गरेका छन्।

एमालेका नेतासमेत रहेका अधिकारीले आइतबार सामाजिक संजाल फेसबुकमार्फत एमाले छोडेको उल्लेख गर्दैरास्वपा प्रवेशको तयारी गरेका हुन्।

उनले आफूले केही नयाँ योजना, नयाँ दृष्टिकोण र मान्यताका साथ जीवनलाई नयाँ गोरेटोमा पाइला चाल्ने निष्कर्षमा पुगेको उल्लेख गरेका छन्।

उनले आजसम्म आफूलाई सहयोग गर्ने सबैलाई सम्मान गदै एमालेसँगको यात्रालाई टुंग्याएको जनाएका छन्। उनी चाँडै रास्वपा प्रवेश गर्ने तयारीमा रहेको बताइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖