• Sunday 29th of November 2026

गृह मन्त्रालयमा सुरक्षा प्रमुख सहितको दुई घण्टा बैठक, के भयो कुराकानी?


  • धनकुटा खबर
  • .

काठमाडौ । गृहमन्त्री सुधन गुरूङले सुरक्षा प्रमुख र गृहका कर्मचारीहरूसँग दुई घण्टा छलफल गरेका छन्।

शनिबार अपराह्न ५ बजेदेखि ७ बजेसम्म मन्त्रालयमा बैठक बसेको हो।
बैठकमा छलफल गर्न नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका आइजिपी राजु अर्याल पनि सहभागी थिए। त्यस्तै, गृह मन्त्रालयका कर्मचारीहरू समेत उक्त बैठकमा सामेल थिए।

गृह प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले शान्ति सुरक्षाको विश्लेषण र सुरक्षा निकायबाट सुरक्षा संयन्त्रको अवस्थाबारे ब्रिफिङ भएको बताए।
‘शान्ति सुरक्षाको विषयमा विश्लेषण र सुरक्षा निकायबाट सुरक्षा संयन्त्रको अवस्थाको बारेमा ब्रिफिङ भएको हो,’ उनले भने।

आउँदो नयाँ बजेटमा के-कस्ता विषयवस्तु समावेश गर्ने भन्नेबारे पनि छलफल भएको उनले बताए।

शुक्रबार मन्त्रिपरिषद बैठक बसेलगत्तै मन्त्री गुरूङले सुरक्षा निकायहरूसँग छलफल गरेका थिए। उक्त बैठकपछि शनिबार बिहान पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी नियन्त्रणमा लिएको छ।

नेकपा एमालेले ओलीको रिहाइ माग गर्दै शनिबार अपराह्न काठमाडौंको माइतीघर बानेश्वर क्षेत्रमा प्रदर्शन समेत गरेको छ। यसा साथै देशका विभिन्न ठाउँमा प्रदर्शन भएको थियो।

स्रोतका अनुसार यही विषयमा पनि छलफल भएको छ।

‘कताकता केकस्तो भयो भन्ने विषयमा समीक्षा भएको हो। सुरक्षा परिचालन कहाँ कति भयो। कहाँ पुग/अपुग भयो भन्ने बारेमा छलफल भयो,’ स्रोतले भने।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖