• Friday 9th of October 2026

ओलीको बन्दी प्रत्यक्षीकरण रिटमाथि भोलिमात्र बहस


  • धनकुटा खबर
  • .

काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई हिरासतमुक्त गरियोस् भन्ने मागका साथ पत्नी राधिका शाक्यका तर्फबाट दायर रिटमाथि भोलि सोमबार बहस हुने भएको छ ।

वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईका अनुसार रितपूर्वक रिट दर्ता भइसकेको छ ।

ओलीलाई जाँचबुझ आयोगको प्रतिवेदनकै सिफारिसका आधारमा पक्राउ गर्नु र थुनामा राख्नु गैरकानूनी भएको दावीसहित रिट दायर भएको छ ।

कुनै पनि जाँचबुझ वा छानबिन गर्ने निकायको सुझाव वा प्रतिवेदनकै आधारमा सीधै व्यक्तिहरू पक्राउ गर्ने कुरा कानूनसम्मत नहुने उक्त रिटमा जिकिर गरिएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖