• Thursday 8th of October 2026

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । शुक्रबार प्रतितोला एक लाख १० हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य एकै पटक एक हजार नौ सय रुपैयाँले बढ्दै आइतबार एक लाख १३ हजार रुपैयाँ पुगेको छ ।

यसअघि असोज २ मा सुनको मूल्य सोही तहमा पुगेको थियो । तीजसँगै सुनको मूल्य घट्न थालेको थियो । असोज १६ मा प्रतितोला एक लाख छ हजार छ सय रुपैयाँ पुगेको सुनको मूल्य त्यसयता भने निरन्तर उकालोमा थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा छापावाल सुन प्रतितोला एक लाख १३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको मूल्य बृद्धि भएसँगै चाँदीको मूल्यमा पनि अनौठो गरी बृद्धि भएको छ । महासंघले जनाएअनुसार शुक्रबार प्रतितोला एक हजार तीन सय ४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार एक हजार तीन सय ९० रुपैयाँ पुगेको छ ।

महासंघका अनुसार मागमा आएको बढोत्तरीसँगै सुनको मूल्य आकासिएको हो । मागमा आएको बढोत्तरीलाई हेर्दा मूल्य अझै आकासिन सक्ने देखिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖