• Friday 9th of October 2026

पोखराको २० रोपनी जग्गाबारे सत्यता बाहिर ल्याउन गृहमन्त्रीलाई हर्क साम्पाङको दबाब


  • धनकुटा खबर
  • .

काठमाडौं, चैत २३ । प्रतिनिधिसभाका सांसद् हर्क साम्पाङले गृहमन्त्री सुधन गुरुङलाई पोखराको फेवाताल किनारको जग्गाकोे विषयमा स्पष्ट पार्न दवाव दिएका छन् ।

पोखरा महानगरपालिकाले फेवाताल आसपासको अवैध संरचना हटाइरहेका बेला हर्क साम्पाङले त्यहाँ गृहमन्त्री गुरुङको २० रोपनी जग्गा पनि रहेको भन्ने खबरबारे सत्यतथ्य बाहिर ल्याउन दबाब दिएका हुन् ।

‘गृहमन्त्री ज्यु, सामाजिक संजाल भरी तपाईंको नाममा २० रोपनी जग्गा फेवातालको किनारमा भेटियो भन्दै समाचार बाहिरिएको छ! कुरा के हो सत्य तथ्य प्रष्ट पारिदिन परो! भ्रामक समाचार रहेछ भने यो हल्ला फैलाउनेको जरासम्म गएर अनुसन्धानमा तान्न परो,’हर्कले फेसबुकमा लेखेका छन्।

शनिबार बिहानै पोखराको खपौंदीमा बनेका मापदण्डभित्रका संरचनामा डोजर लगाइएको हो। यसअघि नै गृहमन्त्री गुरुङ र पोखराका मेयर धनराज आचार्यबीच छलफल भएको थियो।

त्यस क्रममा फेवातालको ६५ मिटर मापदण्डभित्रै गृहमन्त्री गुरुङको पनि जग्गा परेको पोखराका मेयर धनराज आचार्यले बताएका थिए। गुरुङले आफ्नो जग्गा पनि मापदण्ड विपरित भएको भए हटाउनुस् भनेको बताएका मेयर आचार्यले जनाएका थिए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖