• Thursday 8th of October 2026

अन्य दलका मन्त्री भए तत्काल हटाउन रास्वपाको माग हुन्थ्यो, हैन त?


  • धनकुटा खबर
  • .

काठमाडौं, वैशाख ८ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले गृहमन्त्री सुधन गुरुङलाई लागेको आरोपका विषयमा अन्य दलका मन्त्री भए राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तत्काल पदबाट हटाउन माग गर्थ्यो भनेर कटाक्ष पनि गरेका छन्। सुशासन र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कुरा गर्ने सत्तारुढ दल रास्वपा र प्रधानमन्त्री बालेन्द्र शाहले के गर्लान् भनेर नेपाली नागरिकले हेरिरहेको बताउदै उनले उक्त कटाक्ष गरेका हुन् ।

‘राज्यको आचरण, अनुशासन र सुरक्षासँग सम्बन्धित अत्यन्त संवेदनशील गृह मन्त्रालयको जिम्मेवारीमा रहेका गृहमन्त्रीको बारेमा सार्वजनिक भएका अत्यन्त गम्भीर विषयमा पारदर्शिता, सुशासन र भ्रष्टाचारप्रति शून्य सहनशीलताका कुरा गर्ने दल र प्रधानमन्त्रीले के गर्लान् जनता हेर्दैछन्’, रावलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अन्य दलका मन्त्री भए तत्काल पदबाट हटाई स्वतन्त्र न्यायिक छानबिन र कारबाही गरिनुपर्छ भन्ने रास्वपाको माग हुन्थ्यो, हैन त?’

गृहमन्त्री गुरुङ सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग व्यापारिक साझेदारीलगायत कारण विवादको घेरामा छन्। त्यस्तै जेनजी आन्दोलनपछि खरिद गरेको सेयरबारे सम्पत्ति विवरणमा नखुलाएको आरोप पनि उनलाई लागेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖