• Wednesday 7th of October 2026

बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक बिदा


  • धनकुटा खबर
  • .

मकवानपुर । बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक बिदा दिने भएको छ ।

बागमती प्रदेश सरकारले भाषा दिवसको अवसरमा २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने भएको हो ।

गत चैत २३ गते प्रकाशित सूचना बमोजिम वैशाख २४ गते बिहीबार प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

उक्त दिन प्रदेशभर सार्वजनिक संस्था तथा विद्यालय बन्द हुनेछन् ।

बागमती सरकारले २०८० वैशाख २४ गते प्रदेश सरकारी काम काजको भाषा सम्बन्धी ऐन कार्यान्वयन गर्दै उक्त दिनलाई भाषा दिवस मनाउँदै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖