• Thursday 8th of October 2026

मन्त्रालयको सङ्ख्या घट्यो, १४ बाट ८ बनाउने निर्णय


  • धनकुटा खबर
  • .

काठमाडौ । बागमती प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाउने निर्णय भएको छ।

मङ्गलबार हेटौँडामा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले हाल कायम १४ मन्त्रालयलाई घटाएर ८ कायम गर्ने निर्णय भएको सरकारका प्रवक्ता प्रभात तामाङले जानकारी दिए।

मन्त्रालयको संख्या घटाउने निर्णय साउन १ गतेबाट कार्यान्वयन हुनेछ।

बागमती प्रदेशको प्रशासनिक संरचनालाई सुदृढ र मितव्ययी बनाउन गठित उच्चस्तरीय अध्ययन समितिले हाल कायम रहेका १४ वटा मन्त्रालयलाई घटाएर ८ वटामा सीमित गर्न सरकारलाई सुझाव दिएको थियो । सोही सुझावलाई प्रदेश सरकारले कार्यान्वयनमा ल्याएको हो ।

पूर्वसचिव विमल वाग्लेको नेतृत्वमा रहेको प्रशासनिक संरचना पुनरवलोकन अध्ययन तथा सुझाव समितिले मन्त्रालयको सङ्ख्या मात्र बढेको तर कार्यसम्पादनमा प्रभावकारिता नदेखिएकोले व्यापक पुनर्संरचनाको आवश्यकता औँल्याएको थियो ।

साङ्गठनिक आवश्यकता र कार्य बोझ भन्दा पनि आन्तरिक दलीय सन्तुलन मिलाउन मन्त्रालय विस्तार गरिएको समितिले ठहर गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖