• Wednesday 7th of October 2026

धनगढीमा कांग्रेसको भेला : देउवा पक्षका केही नेता सहभागी भएनन्


  • धनकुटा खबर
  • .

धनगढी । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका केही नेताहरू भने सहभागी नभएको पाइएको छ ।

विशेष महाधिवेशनबाट निर्वाचित भएपछि पहिलो पटक निवर्तमान सभापति देउवाको गृह प्रदेश पुगेका पार्टी सभापति गगन थापालाई धनगढी विमानस्थलमा देउवा पक्षीय मानिने मुख्यमन्त्री कमलबहादुर शाह र उनका मन्त्रीहरूले भव्य स्वागत गरेका छन् । तर, पार्टीको आन्तरिक समीकरणका कारण यो स्वागत र भेला पूर्ण रूपमा विवादरहित भने रहन सकेन।

थापालाई स्वागत गर्न मुख्यमन्त्री विमानस्थल पुगे पनि देउवा पक्षका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर र कैलाली जिल्ला सभापति नारायणदत्त भट्ट भने विमानस्थल र भेला दुवैमा देखिएनन्।

सभापति बलायर भेलामा सहभागी नहुने निश्चित भएको छ भने राष्ट्रिय सभा सदस्य समेत रहेका जिल्ला सभापति भट्टले संसदीय कार्यव्यस्तताको कारण देखाउँदै काठमाडौँमै रहेको बताएका छन्। देउवा पक्षका केही अन्य जिल्ला सभापतिहरूले पनि भेलालाई बेवास्ता गर्ने सक्ने सम्भावना देखिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖