• Wednesday 7th of October 2026

मन्त्रिपरिषद् बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएको छ ।

सोमबार बिहान साढे १० बजेका लागि बैठक बोलाइएको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने बैठकले सरकारले ल्याउन लागेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्ने बताइएको छ ।

आजै सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖