• Wednesday 7th of October 2026

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ


  • धनकुटा खबर
  • .

सुर्खेत । दैलेखको भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ परेकी छन्। बैंकिङ कसुर सम्बन्धी मुद्दामा प्रहरीले उनलाई शुक्रबार नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष रोकायाका अनुसार शाहीले एक स्थानीयलाई दिएको ५ लाख रुपैयाँ बराबरको चेक बाउन्स भएपछि उनीविरुद्ध उजुरी परेको थियो।

प्रहरीले अध्यक्ष शाहीलाई जिल्ला प्रहरी कार्यालय दैलेखको हिरासतमा राखेर अनुसन्धान अघि बढाएको जनाएको छ। यसका लागि अदालतबाट म्यादसमेत थप गरिएको प्रहरीको भनाइ छ।

शाही नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖