काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्री बालेन शाह प्रतिनिधिसभामा उपस्थित नभएपछि संसद्मा विवाद उत्पन्न भएको छ ।
छलफलमा प्रधानमन्त्रीको तर्फबाट जवाफ दिनुपर्ने भए पनि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले उपस्थित भएपछि विपक्षी सांसदहरूले आपत्ति जनाएका थिए ।
यसै विषयलाई लिएर श्रम संस्कृति पार्टी का अध्यक्ष हर्क साम्पाङ सहितका सांसदहरूले बैठक बहिष्कार गरेका छन् । उनीहरू बैठक छाडेर बाहिरिँदै प्रधानमन्त्रीको अनुपस्थितिप्रति विरोध जनाएका हुन् ।
विपक्षी सांसदहरूले प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर राजीनामाको मागसमेत उठाएका छन् र संसद् परिसरमै नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका छन् ।
आजबाट नीति तथा कार्यक्रममाथिको छलफल सुरु हुने कार्यसूची रहेको थियो, तर घटनाक्रमपछि बैठकको वातावरण तनावपूर्ण बनेको छ ।
