• Wednesday 7th of October 2026

सभामुख डीपी अर्यालले दिए हर्क साम्पाङ सहित श्रम संस्कृति पार्टीका सांसदहरूलाई प्रतिनिधिसभामा पर्चा लिएर प्रदर्शन नगर्न निर्देशन


  • धनकुटा खबर
  • .

काठमाडौ । सभामुख डीपी अर्याल ले हर्क साम्पाङ सहित श्रम संस्कृति पार्टीका सांसदहरूलाई प्रतिनिधिसभामा पर्चा लिएर प्रदर्शन नगर्न निर्देशन दिएका छन्।

प्रतिनिधिसभाको बैठकमा सभामुख अर्यालले सांसदहरूले सभामुखको आसन अगाडि पुगेर पर्चा प्रदर्शन गरेको विषयमा आपत्ति जनाउँदै संसदको मर्यादा कायम राख्न आग्रह गरे।

उनले भने, “सभामुखको अगाडि पर्चा लिएर प्रदर्शन गर्नुभयो। प्रतिनिधिसभाको यो सभा महत्वपूर्ण थलो हो। विरोध गर्ने विभिन्न शैली हुन्छन्, तर मर्यादामा बसेर विरोध गर्नुपर्छ। मर्यादामा बसेर विरोध गर्नुहुन, यसलाई आदेशकै रूपमा लिँदा हुन्छ। पर्चा देखाएर सदनमा विरोध गर्ने कानुन र नियमावली कसैले दिएको छैन। आगामी दिनमा मर्यादापूर्वक विरोध गर्नूहोला।”

बैठकका क्रममा हर्क साम्पाङ सहित श्रम संस्कृति पार्टीका सांसदहरूले विभिन्न माग राख्दै पर्चा बोकेर सभामुखको आसन अगाडि प्रदर्शन गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖