• Monday 5th of October 2026

एक खेल अगावै इंगलिस प्रिमियरको उपाधी आर्सनललाई


  • धनकुटा खबर
  • .

काठमाडौ, ६ जेठ । इंग्लिस प्रिमियर लिगको उपाधि आर्सनलले जितेको छ। 

 

आज सम्पन्न खेलमा म्यान्चेस्टर सिटी बर्नमाउथसँग १–१ को बराबरीमा रोकिए सँगै आर्सनल एक खेल अगावै च्याम्पियन बन्न सफल भएको हो । 

आजको खेलको ३८ औं मिनेटमा जुनिअर कुप्रीले गोल गर्दै घरेलु टोली बर्नमाउथलाई सुरुवाती अग्रता दिलाए पनि खेल सकिनै लाग्दा अन्तिम समयमा एर्लिङ हालाण्डले बराबरी गोल फर्काएसँगै आर्सनल च्याम्पियन बन्ने लगभग तय भइसकेको थियो ।

 

तर, त्यसपछि दुवै पक्षवाट गोल हुन नसक्दा अन्ततः एक खेल अगावै आर्सनल प्रिमियर लिग च्याम्पियन बन्न सफल भएको हो ।

 

इंग्लिस प्रिमियर लिगको च्याम्पियन बन्नका लागि आर्सनललाई २२ वर्ष कुर्नु परेको थिषो ।  यसअघि २००३–४ सिजनमा टोलीले अपराजित रहँदै उपाधि जितेको थियो।

 

यो सिजनमा आर्सनल ३७ खेलबाट ८२ अंकका साथ अग्रस्थानमा रहेको छ भने उपबिजेता सिटीको ७८ अंकमा सिमित हुन पुगेको छ । अर्को साता बाँकी १ खेल सम्पन्न भएसँगै यो सिजनको प्रिमियर लिग समापन हुनेछ । 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖