• Wednesday 7th of October 2026

रास्वपा सांसदले विदेशी महिलालाई अलपत्र पारेको विषयलाई लक्षित गर्दै आशिका तामाङले दिइन् यस्तो प्रतिक्रिया


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कृष्णकुमार कार्कीले नाइजेरियन महिलालाई गर्भवती बनाएर अलपत्र पारेको विषयलाई लक्षित गर्दै सांसद आशिका तामाङले प्रतिक्रिया दिएकी छिन् ।

सामाजिक सञ्जालमाफृत उनले भनेकी छिन्– ‘महिला चाहे स्वदेशी होस् कि विदेशी, आखिर यो धर्तीकी आमा हुन्! देखेका सबै कुरा सत्य नहुन पनि सक्छन् तर सत्य जसरी बाहिर छरपस्ट आइरहेका कुराहरूको अनुसन्धान भने पक्कै हुनुपर्छ!’

उनले थप भनेकी छिन्– ‘महिलासँग जोडिएको मातृत्वजस्तो संवेदनशील कुरा झन् प्रमाणसहित अनुसन्धान हुन जरुरी छ। पार्टीभन्दा ठुलो देश र देशभन्दा ठुलो यो संसार हो। यहाँ कसैलाई अन्याय हुनुहुँदैन र कसैले अन्याय गर्छ भने, चाहे त्यो आफ्नै घरको सदस्य नै किन नहोस्, हामीले गलतलाई गलत भन्न छोड्नु हुँदैन।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖