• Wednesday 7th of October 2026

प्रधानमन्त्री बालेन भेट्न पुगे सभामुख डीपी


  • धनकुटा खबर
  • .

काठमाडौँ । सभामुख डोलप्रसाद(डीपी) अर्यालले बिहीबार प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रममा सहभागी हुनुपर्ने माग गर्दै विपक्षी दलहरूले संसद् अवरुद्ध पारेसँगै अर्याल सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बालेन भेट्न पुगेका हुन्।

संसद्सँग सम्बन्धित विषयमा प्रधानमन्त्री र सभामुखबिच करिब आधा घण्टा कुराकानी भएको बताइएको छ।

प्रधानमन्त्री शाहको खोजी गर्दै विपक्षी सांसदहरूले प्रश्न उठाइरहेका छन् । आज संसद् नै अवरुद्ध भएपछि सभामुख बैठक स्थगित गरेर प्रधानमन्त्री भेट्न पुगेको सभामुख निकट स्रोतले बतायो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖