• Wednesday 7th of October 2026

लगातार चार दिन सार्वजनिक विदा


  • धनकुटा खबर
  • .

काठमाडौं। नेपाल सरकार गृह मन्त्रालयले मुस्लिम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद-उल-अज्हा) को अवसरमा आगामी जेठ १४ गते बिहीबारका दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयद्वारा जारी गरिएको आधिकारिक विज्ञप्तिअनुसार यस वर्षको बकर ईद जेठ १४ गते परेकाले उक्त दिन नेपालभर सार्वजनिक बिदा रहने निश्चित भएको हो।

विगतको निर्णयलाई आधार मान्दै गृह मन्त्रालयले मिति २०८२ साल कात्तिक १८ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार नै बकर ईदको दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको स्पष्ट पारेको छ।

सोही व्यवस्था र परम्पराअनुसार यस वर्ष मुस्लिम आयोगबाट मिति २०८३ साल जेठ १४ गते बिहीबारका दिन बकर ईद परेको आधिकारिक जानकारी प्राप्त भएपछि मन्त्रालयले बिदाको यो सूचना जारी गरेको हो।

सरकारले १४ गते विदा दिएसँगै लगातार चार दिन सार्वजनिक विदा हुने भएको छ। जेठ १५ गते गणतन्त्र दिवसको विदा छ भने त्यसपछि दुई शनिबार र आइतबार दुई दिन लगातार विदा छ। योसँगै चार दिन सार्वजनिक विदा हुने भएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖