• Wednesday 7th of October 2026

सत्तारुढ रास्वपाका सांसद अमरेश कुमार सिंह सहित तीन जना सांसदले गरे राज्य, व्यवस्था तथा सुशासन समितिको बैठक बहिष्कार


  • धनकुटा खबर
  • .

काठमाडौं । सत्तारुढ रास्वपाका सांसद अमरेश कुमार सिंहसहित तीन जना सांसदले राज्य, व्यवस्था तथा सुशासन समितिको बैठक बहिष्कार गरेका छन् ।

रास्वपा सांसद सिंह, नेकपा एमालेका सांसद मोहम्मद ईश्तियाक राई र नेपाली कांग्रेसका सांसद निश्कल राईले बैठक बहिष्कार गरेका हुन् ।

शुक्रबार सिंहदरबारस्थित समितिको कार्यकक्षमा बैठक बसेको थियो ।

बैठकमा बनेपामा लगेर राखिएका सुकुमवासीको अनुमगनबारे पूर्वाधारमन्त्रीसँगको छलफल र विपद् व्यवस्थापन सम्बन्धमा सरकारको पूर्वतयारीबारे छलफलको एजेन्डा तय भएको थियो ।

सो क्रममा सुकुमवासीको अनुगमनबारे पूर्वाधारमन्त्री सुनिल लम्सालसँग छलफल भए पनि विपद् व्यवस्थापनबारे छलफल गर्दा कुनै मन्त्री समितिमा सहभागी भएनन् ।

साथै, पत्रकारहरूलाई समेत समितिले निषेध गराउन लागेपछि आफूहरूले बैठक बहिष्कार गरेको एमाले सांसद राईले बताए ।

उनका अनुसार, बैठकमा रास्वपाकै सांसद सिंहले सञ्चारकर्मीलाई बाहिर निकाल्न नहुने बताएका थिए ।

साथै, बैठकमा मन्त्रीको पनि सहभागीता रहनुपर्ने सिंहसहितका सांसदहरूको भनाइ थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖