• Monday 5th of October 2026

त्रिकोणात्मक टी–२० श्रृंखलाका लागि नेपाली टोली घोषणा, छैन सन्दीपको नाम


  • धनकुटा खबर
  • .

नेपाल क्रिकेट संघ (क्यान)ले त्रिकोणात्मक टी–२० श्रृंखला खेल्ने नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ । क्यानले रोहित पौडेलको कप्तानीमा सोमवार १८ सदस्यीय टोली घोषणा गरेको हो ।

टोलीमा पूर्वकप्तान सन्दीप लामिछानेको नाम भने छैन । केही समयअघि नै सन्दीप आफैँले टोलीमा आफूलाई नराख्न अनुरोध गरेका थिए ।

सन्दीपमाथि एक किशोरीले बलात्कारको आरोप लगाएकी छिन् । यो मुद्दा अदालतमा विचाराधीन छ । पटक–पटक पेशी स्थगित नहुँदा सन्दीपले दुःखी हुँदै राष्ट्रिय टोलीबाट केही समयलाई विश्राम लिने घोषणा गरेका हुन् ।

क्यानले नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिज आयोजना गर्दैछ । जसका खेलहरू १ कात्तिकदेखि १० गतेसम्म हुनेछन् । लोकेश बम, विवेक यादवलगायत केही खेलाडीले पहिलो पटक टोलीमा स्थान बनाएका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖