• Wednesday 7th of October 2026

बालेन सरकारले सरकारी कर्मचारीको तलब बढाउने निश्चित


  • धनकुटा खबर
  • .

काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब बढाउने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने क्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले तलब वृद्धिको घोषणा गर्ने अर्थमन्त्रालय स्रोतले जानकारी दियो । कानुनतः तीन वर्षमा एकपटक अर्थात् दुई वर्षको अन्तरालमा तलब वृद्धि गर्नुपर्ने व्यवस्था भए पनि तीन वर्षसम्म अघिल्लो सरकारले तलब बढाएको थिएन ।

तलब बढाउने विषयमा अर्थमन्त्री डा. वाग्ले पूर्ण रूपमा सहमत भएपनि हालसम्म कुन आधारमा वा कति तलब वृद्धि गर्ने भन्नेमा निष्कर्षमा नपुगेको स्रोतको भनाइ छ ।

अर्थमन्त्री वाग्लेले महँगी अत्यधिक बढेको कारण कर्मचारीलाई दैनिक खर्च चलाउन समेत कठिन भएको महसुस आफूले गरेको बताउँदै आएका छन् ।

अघिल्लो सरकारले प्रशासनिक खर्चको बोझका कारण कर्मचारीको तलब बढाउन सकेको थिएन ।

पछिल्लो पटक आर्थिक वर्ष २०७९/८० मा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले १५ प्रतिशत तलब वृद्धि गरेका थिए।

ऐनअनुसार गत वर्ष तलब बढाउनुपर्ने भए पनि तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोत व्यवस्थापनको समस्या देखाउँदै अन्तिम समयमा तलब नबढाउने निर्णय गरेका थिए। उनले गत वर्ष महँगी भत्ता मात्रै एक हजार रुपैयाँले बढाएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖