• Wednesday 7th of October 2026

सांसदहरु बस्ने कुर्सी कुन देशबाट ल्याइएको काठबाट बनेको हो ? : निशा डाँगी


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद निशा डाँगीले सभामुख र सांसदहरु बस्ने कुर्सी कुन देशबाट आयात गरेको काठबाट बनेको हो भन्दै प्रश्न गरेकी छन् ।

आजको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रश्न गरिन् ‘दुई–तीन पछि हामी नयाँ संसद जाँदैछौं र उक्त सदनमा सम्माननीय सभामुख र हामी सांसदहरु बस्ने कुर्सी कुन देशबाट ल्याइएको काठबाट बनेको हो ?’

महालेखा परीक्षकको ६१ औं प्रतिवेदन उद्धृत गर्दै उनले नेपालको काठको सदुपयोग नहुँदा वार्षिक अर्बौं रुपैयाँको काठजन्य सामग्री आयात भइरहेको जानकारी गराइन् ।

‘आज स्वदेशी काठ निकाल्न फाइल रोकिन्छ तर विदेशी काठ भित्राउन सजिलैसँग एलसी खुल्ने गर्छ, यो कस्तो किसिमको नीति हो ?’ उनले भनिन् ।

उनले सबै वन फँडानी गर्नुपर्छ भन्न नखोजेको बताउँदै नेपालमै भएको धनको सही सदुपयोग हुनुपर्नेमा जोड दिइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖