• Thursday 8th of October 2026

सुर्य छाडेर घण्टीतिर लागिन् एमाले महिला सङ्घकी केन्द्रीय सदस्य सापकोटा


  • धनकुटा खबर
  • .

बारा । नेकपा एमाले निकट अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य यामकुमारी सापकोटाले पार्टी परित्याग गरेकी छन् ।

सापकोटाले बुधबार सामाजिक सञ्जाल फेसबुकमा राजीनामापत्र राख्दै सो कुराको जानकारी दिएकी हुन् ।

एमाले जिल्ला कमिटी बाराकी सदस्य समेत रहेकी उनले १५ वर्षदेखि एमालेमार्फत देश र जनताको सेवा गरेको र सो अभियानमा साथ दिने सबैप्रति आभार प्रकट गरेकी छन् ।

साथै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेको जनाउँदै परिचयपत्र समेत सार्वजनिक गरेकी छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖