• Monday 5th of October 2026

रोड टु यूएफसी प्रतियोगिताको दोस्रो राउन्डमै नकआउट गर्दै बने रवीन्द्र सेमिफाइनल पुग्ने पहिलो नेपाली फाइटर


  • धनकुटा खबर
  • .

काठमाडौ । नेपालका एमएमए फाइटर रवीन्द्र ढाँट ले ऐतिहासिक सफलता हासिल गरेका छन्। फिलिपिन्सका किम्बर्ट एलिनटोजन लाई ‘रोड टु यूएफसी’ प्रतियोगिताको दोस्रो राउन्डमै नकआउट गर्दै रवीन्द्र सेमिफाइनल पुग्ने पहिलो नेपाली फाइटर बनेका हुन्।

यस शानदार जितसँगै रवीन्द्रले आफ्नो व्यावसायिक एमएमए करियरको १०औँ जित दर्ता गर्दै ‘रोड टु यूएफसी’ मा जित निकाल्ने पहिलो नेपालीको इतिहाससमेत रचेका छन्।

अब यूएफसी सम्झौताबाट एक कदम नजिक पुगेका रवीन्द्रले सेमिफाइनलमा जापानका योनुसुके मिनामी र न्युजिल्यान्डका कासिब मुर्डोक बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन्।

विकट बझाङबाट विश्वकै प्रतिष्ठित फाइटिङ मञ्चसम्म पुगेर नेपालको झन्डा फहराइरहेका रवीन्द्रको यो उपलब्धिले सम्पूर्ण नेपालीलाई गौरवान्वित बनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖