• Wednesday 7th of October 2026

कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष नै रास्वपा प्रवेश


  • धनकुटा खबर
  • .

सुर्खेत । नेपाली कांग्रेसबाट निर्वाचित जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । बिहीबार एक कार्यक्रमका बीच उनले रास्वपा प्रवेश गरेको घोषणा गरेका हुन्‌।
‎
उनी २०७९ सालमा कांग्रेसबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए । यसअघि नै उनी रास्वपा प्रवेश गर्ने हल्ला चलेको भन्दै कांग्रेस जुम्लाले उनलाई स्पष्टीकरण समेत सोधेको थियो । नभन्दै बुढा बिहीबार कांग्रेस परित्याग गरेर रास्वपा प्रवेश गरे ।
‎
उनले आफ्नो साथमा एक जना स्वतन्त्र निर्वाचित वडा अध्यक्षलाई समेत साथमा लिएको बताइएको छ । ‎स्रोतका‌ अनुसार, आगामी निर्वाचनमा रास्वपाबाट पुन: गाउँपालिका अध्यक्ष लड्ने तयारीसहित उनी रास्वपा प्रवेश गरेका हुन् ।
‎
‎’अब कांग्रेसले चुनाव जित्ने अवस्था रहँदैन, अब जनताले रास्वपालाई रोज्ने देखेपछि उहाँ उतै जानुभयो’ स्रोत भन्छ, ‘उहाँको बार्गेनिङ चलिरहेको थियो, कुरा मिलेपछि प्रवेश गर्नुभयो होला ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖