• Thursday 8th of October 2026

माइतीघरमा लाग्यो ‘राजा ल्याऔँ, देश बचाऔँ’ को नारा


  • धनकुटा खबर
  • .

काठमाडौँ । राजतन्त्र पुनर्स्थापनाको माग गर्दै शाही युवा शक्ति नेपाल ले शुक्रबार माइतीघरमा प्रदर्शन गरेको छ ।

गणतन्त्र दिवसको अवसर पारेर आयोजित प्रदर्शनमा सहभागीहरूले “गणतन्त्र दिवस धोका हो, राजा ल्याऔँ देश बचाऔँ” लगायतका नाराबाजी गरेका थिए ।

प्रदर्शनका क्रममा सहभागीहरूले राजसंस्था पुनर्स्थापनाको पक्षमा विभिन्न प्लेकार्ड र ब्यानरसहित विरोध प्रदर्शन गरेका थिए । कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖