काठमाडौँ । गणतन्त्र दिवसको अवसर पारेर सुकुमबासीहरूले माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।
आफूहरूलाई जबरजस्ती उठीबास लगाइएको भन्दै उनीहरूले भूमिको अधिकार सुरक्षित गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा सहभागीहरूले “गणतन्त्र जिन्दावाद, गनतन्त्र मुर्दावाद”, “सिंहदरबार रमायो–सुकुमबासी रुवायो”, “नेताको महल ठिक–गरिबको टहरा बेठिक”, “होइ सरकार होइ–मेरो भोट खोइ” तथा “जनताको सरकार कि डोजरे सरकार ?” लगायतका नारासहितका प्लेकार्ड बोकेर नाराजुलुस गरेका थिए ।
उनीहरूको मार्च माइतीघरबाट सुरु भई बिजुलीबजार हुँदै नयाँ बानेश्वर सम्म पुगेको थियो ।
