• Wednesday 7th of October 2026

कर्मचारीको तलब बढ्यो


  • धनकुटा खबर
  • .

काठमाडौं, १५ जेठ । सरकारले कर्मचारीको तलब बढाएको छ । बजेट भाषणअनुसार कर्मचारीको तलब सुरु स्केलमा १० प्रतिशत तलब बढेको छ ।

पछिल्लो ४ वर्षदेखि कर्मचारीको तलब नबढेको अवस्थामा हाल कायम रहेको महँगी भत्ता समेतलाई कायम गरेर कर्मचारीको तलब वृद्धि गरिएको अर्थमन्त्री स्वर्णिम वाग्लेले जानकारी दिए ।

सुरु स्केलमा १० प्रतिशत तलब वृद्धि गरिएको र कार्यसम्पादनको आधारमा पारिश्रमिकको सुरुवात गर्न नयाँ तलबमानको मासिक १० प्रतिशत मासिक प्रोत्साहन भत्ताको व्यवस्था समेत गरिएको अर्थमन्त्रीले बताए ।

यसबाट हाल खाइपाइ आएको पारिश्रममा करिब २१ प्रतिशत वृद्धि भई ग्रेडसहित न्युनतम तलब करिब ४० हजारदेखि रु १ लाखमाथि कायम हुने अर्थमन्त्रीले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖