काठमाडौँ । आर्थिक विधेयक २०८३ अर्थ मन्त्रालयको वेबसाइटबाट हटाइएको छ ।
विद्युतीय सवारी साधनको (ईभी) को करको दरमा त्रुटि देखिएपछि मन्त्रालयले उक्त विधेयक आफ्नो वेभसाइटबाट हटाएको थियो ।
शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेपश्चात् आर्थिक विधेयक अर्थ मन्त्रालयको वेबसाइटमा राखिएको विधेयकमा २० लाखदेखि ३० लाख मूल्य समूहको भन्सार महसुल र स्वच्छ पूर्वाधार लगानी शुल्क उल्लेख गरिएको थिएन ।
मन्त्रालयले उक्त दरको सवारीमा पूर्वाधार शुल्क २० प्रतिशत नै रहेको प्रष्टीकरण दिइसकेको छ । सबै सवारीको भन्सार महसुल समान रहेको छ ।
