• Wednesday 7th of October 2026

‘जीबी राई कहिले पक्राउ पर्छन् ?’ संसद्‌को प्रश्नमा प्रम बालेन मौन


  • धनकुटा खबर
  • .

काठमाडौँ । सहकारी ठगी प्रकरणका मुख्य आरोपी एवं फरार रहेका गितेन्द्रबाबु (जिबी) राई कहिले पक्राउ पर्छन् भनी सोधिएको प्रश्नमा प्रधानमन्त्री बालेन शाहले कुनै ठोस उत्तर दिएनन्।

प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका आकस्मिक प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले राईको पक्राउबारे स्पष्ट समयसीमा उल्लेख नगरी विषयलाई पन्छाएका हुन्।

बैठकमा सभामुखले आकस्मिक प्रश्नोत्तरका लागि समय उपलब्ध गराएपछि श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सहकारी पीडितहरूको बचत फिर्ता र लामो समयदेखि फरार रहेका मुख्य आरोपी जिबी राईलाई कानुनी दायरामा ल्याउने सरकारी योजनाबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

जवाफमा प्रधानमन्त्री शाहले सहकारी पीडितहरूको बचत फिर्ताका लागि सरकारले छुट्टै कोष खडा गरेर काम अगाडि बढाइरहेको उल्लेख गरे । तर जीबी राई पक्राउका विषयमा कुनै जवाफ नदिई प्रधानमन्त्री बालेन पन्छिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖