• Wednesday 7th of October 2026

विपक्षी दलहरूले प्रतिनिधिसभा अवरुद्ध गरेर प्रधानमन्त्रीको स्पष्टीकरण माग्ने


  • धनकुटा खबर
  • .

काठमाडौँ । विपक्षी दलहरूले प्रतिनिधिसभा बैठक सोमबार पनि अवरोध गर्ने निर्णय गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस को संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले प्रतिनिधिसभा बैठकमा बेल घेर्ने निर्णय गरेको हो ।

बैठकमा कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टी का प्रतिनिधिहरू सहभागी थिए ।

कांग्रेस सांसद उर्मिला थपलिया का अनुसार आइतबार प्रतिनिधिसभामा सांसदहरूसँगको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह ले नेपाल–भारत सीमासम्बन्धी दिएको अभिव्यक्तिबारे स्पष्टीकरण माग गर्दै बेल घेर्ने निर्णय गरिएको हो ।

उनले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिले राष्ट्रिय सीमासम्बन्धी संवेदनशील विषय उठाएको भन्दै त्यसबारे सदनमै स्पष्ट जवाफ दिनुपर्ने विपक्षी दलहरूको धारणा रहेको बताइन् ।

विपक्षी दलहरूले चालु अधिवेशन सुरु भएदेखि विभिन्न विषयलाई लिएर प्रतिनिधिसभा बैठकमा अवरोध गर्दै आएका छन् । सोमबारको बैठकमा पनि सोही रणनीतिअनुसार विरोध जारी रहने जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖