• Wednesday 7th of October 2026

अहिले विश्राम लिने पक्षमा छैनन् ओली


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू तत्काल पार्टी नेतृत्वबाट विश्राम लिने पक्षमा नरहेको संकेत गरेका छन्।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सहज परिस्थितिमा मात्रै जिम्मेवारी खोज्ने र कठिन अवस्थामा नेतृत्वबाट पछि हट्ने व्यक्ति आफू नभएको बताएका हुन्।

उनले पार्टीलाई चुनौतीपूर्ण परिस्थितिबाट पार लगाएर सफलताको दिशामा अघि बढाएपछि मात्रै विधिसम्मत रूपमा विश्राम लिने धारणा व्यक्त गरे।

“सजिलो परिस्थितिमा पद खोज्ने र अप्ठ्यारो पर्दा जिम्मेवारीबाट भाग्ने नेता म होइन,” ओलीले भने, “पार्टीलाई सफलतामा पुर्‍याएर मात्र विधिसम्मत रूपमा विश्राम लिनेछु।”

पछिल्लो समय एमालेभित्र नेतृत्व हस्तान्तरणबारे विभिन्न तहमा बहस भइरहेका बेला ओलीको यो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ। उनले पार्टीभित्र एकता कायम राख्दै आगामी दिनमा नेता–कार्यकर्तासँगको भेटघाट र संवादलाई थप सक्रिय बनाउने संकेत पनि दिएका छन्।

एमाले अध्यक्ष ओलीले पार्टीलाई थप सुदृढ बनाउने, संगठन विस्तारलाई तीव्रता दिने तथा आगामी राजनीतिक चुनौतीहरूको सामना गर्न पार्टी पङ्क्तिलाई तयार राख्ने आफ्नो प्राथमिकता रहेको बताएका छन्।

उनको पछिल्लो अभिव्यक्तिलाई एमालेको भावी नेतृत्व र पार्टीको आन्तरिक राजनीतिसँग जोडेर विभिन्न कोणबाट विश्लेषण गर्न थालिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖