काठमाण्डाै – आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा अस्ट्रेलियासँगकाे खेलमा श्रीलङ्का २ सय ९ रनमा अलआउट भएकाे छ ।
लखनउमा टस जितेर ब्याटिङ गरेकाे श्रीलङ्का ओभरमा सबै विकेट गुमाएर २ सय ९ रन बनायाे । श्रीलङ्काका कुशल परेराले सर्वाधिक ७८ रन बनाए । यस्तै पथुम निसान्का ६१ रन बनाएर आउट भए । बलिङतर्फ अस्ट्रेलियाका एडम जम्पाले ४ तथा कप्तान प्याट कमिन्स र मिचेल स्टार्कले २/२ विकेट लिए ।
प्रतियाेगितामा दुवै टाेली जितविहीन छन् । श्रीलङ्का अङ्क तालिकाकाे ८ औँ र अस्ट्रेलिया पुछारमा छ ।
