• Monday 5th of October 2026

अन्तिम विश्वकपका लागि मेस्सीको विशेष बुट ‘द लास्ट ट्याङ्गो’ सार्वजनिक


  • धनकुटा खबर
  • .

अर्जेन्टिना । महान् फुटबलर लियोनेल मेस्सीले आफ्नो खेल जीवनको अन्तिम विश्वकपमा प्रयोग गर्ने विशेष बुट सार्वजनिक गरेका छन्।

‘द लास्ट ट्याङ्गो’ नाम दिइएको उक्त बुट मेस्सीले आफ्नो छैटौँ तथा अन्तिम विश्वकप अभियानमा लगाउने आधिकारिक बुट हो। यसको डिजाइन २० वर्षअघि उनले विश्वकपमा डेब्यु गर्दा लगाएको अर्जेन्टिनी जर्सीबाट प्रेरित भएर तयार गरिएको बताइएको छ।

मेस्सीको विश्वकप यात्रा सन् २००६ मा सुरु भएको थियो, जतिबेला उनी केवल १८ वर्षका थिए। अब सन् २०२६ मा, करिब ३९ वर्षको उमेरमा, उनी आफ्नो अन्तिम विश्वकप खेल्न तयारी गरिरहेका छन्।

दुई दशक लामो विश्वकप यात्रामा मेस्सीले अर्जेन्टिनालाई सन् २०२२ मा विश्वविजेता बनाएका थिए। अहिले उनी आफ्नो करियरको अन्तिम विश्वकपका लागि मैदान उत्रिन लाग्दा ‘द लास्ट ट्याङ्गो’ बुटले उनको ऐतिहासिक यात्राको प्रतीकात्मक स्मरण गराउने अपेक्षा गरिएको छ।

फुटबल इतिहासका सर्वकालीन महान् खेलाडीमध्ये एक मानिने मेस्सीका लागि २०२६ विश्वकप अर्को महत्त्वपूर्ण अध्याय मात्र नभई विश्वकप मञ्चमा उनको अन्तिम उपस्थितिका रूपमा हेरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖