• Tuesday 6th of October 2026

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सर्वदलीय बैठक बाेलाएकाे छ।

समसामयिक राजनीतिका विषयमा छलफल गर्न सोमबार बिहान ९ बजे सभापति रवि लामिछानेले सर्वदलीय बैठक बाेलाएका हुन्।

बैठक सार्वजनिक लेखा समितिको हल, संसद् सचिवालय, सिंहदरबारमा बस्नेछ।

बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबाट पार्टी अध्यक्ष/सभापतिसहित दुई जना सहभागी हुन आमन्त्रण गरिएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖