• Tuesday 6th of October 2026

संसदमा प्रधानमन्त्रीले जवाफ दिनुहुन्न :महामन्त्री बुर्लाकोटी


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन शाहले विपक्षी दलहरूको माग बमोजिम जवाफ नदिने बताएका छन्।

सोमबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले नेपाल–भारत सीमा सम्बन्धि विवाद परराष्ट्र मन्त्रालय अन्तर्गत पर्ने भएकाले प्रधानमन्त्रीले जवाफ नदिने प्रस्ट पारे ।

बुर्लाकोटीले भने– ‘संसद्को अवरोध हटाउने विषयमा धेरै अगाडि बढेको छ । प्रधानमन्त्री मातहत विभिन्न विषयगत मन्त्रालय छन् । सम्बन्धित मन्त्रीले नै सिङ्गो सरकारको प्रतिनिधित्व गरेर बोल्ने भनेकै त्यसमा प्रधानमन्त्री, सरकार र सरकारको नेतृत्व गर्ने दलको जवाफ हो ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖