• Tuesday 6th of October 2026

निर्वाचनमा अन्तर्घात गरेको भन्दै पूर्वमन्त्री खड्कासहित दुई नेतालाई कांग्रेसले सोध्यो स्पष्टीकरण


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले प्रतिनिधिसभा निर्वाचनमा पार्टीविरुद्ध गतिविधि गरेको आरोपमा पूर्वमन्त्री दीपक खड्कासँग स्पष्टीकरण मागेको छ।

समितिले खड्कासहित नेपाली कांग्रेस संखुवासभा जिल्ला कार्यसमितिका सचिव कुमारबाबु अधिकारीलाई पाँच दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको छ।

केन्द्रीय अनुशासन समितिका सचिव दिनेश थापा मगरका अनुसार पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध गतिविधि गरेको आरोपमा दुवै जनासँग स्पष्टीकरण मागिएको हो।

समितिले खड्कामाथि २०८२ फागुन २१ गते भएको निर्वाचनका क्रममा मुडे बजारमा आयोजित घरदैलो कार्यक्रममा पार्टीविरुद्ध अभिव्यक्ति दिएको आरोप लगाएको छ।

त्यसैगरी, जिल्ला सचिव अधिकारीमाथि पार्टीका आधिकारिक उम्मेदवारलाई पराजित गराउन भूमिका खेलेको आरोप लगाइएको छ।

अनुशासन समितिले तोकिएको समयभित्र लिखित स्पष्टीकरण पेस गर्न दुवै जनालाई निर्देशन दिएको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖