• Monday 5th of October 2026

नेपाली महिला क्रिकेट टोली थाइल्यान्डसँग ५६ रनले पराजित, एसिया कपमा छनोट हुन असफल


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली महिला क्रिकेट टोली एसिया कपमा पनि छनोट हुन असफल भएको छ ।

मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्‍वाटरफाइनलमा थाइल्यान्डसँग पराजित भएसँगै नेपाल एसिया कपमा छनोट हुन असफल भएको हो । बुधबार विहान भएको क्‍वाटरफाइनलमा नेपाल थाइल्यान्डसँग ५६ रनले पराजित भयो ।

थाइलयान्डले प्रस्तुत गरेको १३१ रनको लक्ष्य पछ्याएको नेपालले पूरा २० ओभरमा ७ विकेट गुमाएर ७४ रन मात्र बनाउन सफल भयो ।

नेपाली महिला टोली गत साता भएको एसियन गेम्सको छनोटमा पनि निर्णायक खेलमा चीनसँग पराजित भएर एसियन गेम्समा छनोट हुन असफल भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖