• Tuesday 6th of October 2026

सांसद खुश्बु ओलीलाई ज्यान मार्ने धम्की, गृहमन्त्रीले दिए अनुसन्धान र कारबाहीको आश्वासन


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले आफूलाई ज्यान मार्ने धम्की आएको बताएकी छन्।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद ओलीले आफूले ज्यानको धम्की पाएको विषय सदनमा उठाएकी हुन्।

सांसद ओलीले उक्त विषय उठाएपछि नवनियुक्त गृहमन्त्री सुधन गुरुङले घटनाबारे आवश्यक अनुसन्धान गरी कानुनी कारबाही प्रक्रिया अघि बढाइने आश्वासन दिएका छन्।

गृहमन्त्री गुरुङले संसद् बैठककै क्रममा सांसद ओलीसँग भेट गरी घटनाको प्रकृतिअनुसार आवश्यक प्रक्रिया अगाडि बढाउन आग्रह गरेका थिए। साथै, धम्कीको विषयमा सम्बन्धित निकायमार्फत छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।

सांसदलाई ज्यान मार्ने धम्की आएको विषय सार्वजनिक भएपछि संसद्‌मा यसबारे चासो व्यक्त गरिएको छ भने सुरक्षा निकायले घटनाको थप अनुसन्धान गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖