काठमाडौं, २८ जेठ । आज देखी फिफा विश्वकप सुरू हुदैँछ ।
यसअघि दुई दुई पटक अर्थात १९७० र १९८६ विश्वकपको आयोजना गरिसकेको मेक्सिकोले तेस्रो पटक विश्वकप २०२६ को आयोजना गर्दैछ ।
मेक्सिकोको राजधानी सहर मेक्सिको सिटीमा आज ९० मिनेटको भब्य समारोहका बिचमा उदघाटन गरिदैँछ, जुन उदघाटन समारोह खेल सुरू हुनु अघि अर्थात नेपाली समयअनुसार राती १२ः४५ बजे अघि सो समारोह हुनेछ । यस बर्षको पहिलो फिफा विश्वकपको खेल आयोजक राष्ट्र मेक्सिको र दक्षिण अफ्रिकाको बिचमा हुनेछ । फिफा विश्वकपको अफिसियल गीत ‘दाई दाई…’ कि कोलम्बियन गायिका सकिरालगायतले भब्य प्रस्तुति दिनेछन् भने मेक्सिकोको कला, संस्कृति र बिज्ञान झल्किने प्रदर्शनी गरिनेछ ।
उसो भए, यो विश्वकपको नयाँ तथ्यका बारेमा जानौंः
– यो विश्वकप ४८ राष्ट्रहरूले आयोजना गर्ने पहिलो विश्वकप हो, जसले ६ वटा महादेशवाट प्रतिनिधित्व गरिरहेका छन्।
-यो तीन राष्ट्रहरूले आयोजना गर्ने पहिलो विश्वकप पनि हो। सह–आयोजक मेक्सिको, क्यानडा र अमेरिकालाई क्रमशः समूह ए, बी र डी मा राखिएको छ ।
-मेक्सिको सिटीले जुन ११ उद्घाटन खेल आयोजना गर्नेछ, समूह ए मा मेक्सिको र दक्षिण अफ्रिका बीच प्रतिस्पर्धा हुनेछ।
-१२ जुनमा अमेरिकाको लस एन्जलस र क्यानडाको टोरोन्टोमा उदघाटन समारोह हुनेछ ।
– योसँगै एेतिहासिक एस्टाडियो एज्टे रंगशाला तीन फरक फिफा विश्वकपको उद्घाटन खेल आयोजना गर्ने पहिलो रंगशालासमेत बन्नेछ, जसले पहिले १९७० र १९८६ मा उद्घाटन समारोह आयोजना गरिसकेको छ।
– तीन आयोजक राष्ट्रका १६ आयोजक शहरहरूमा कुल १०४ खेलहरू खेलाइने छ।
– सम्भावित फाइनलमा पुग्नेहरूले अब समूह चरणदेखि फाइनलसम्म ८ खेल खेल्नुपर्नेछ, यसअघि सात खेल मात्रै खेले पुग्ने थियो ।
– २०२६ फिफाअश विश्वकप फाइनल जुलाई १९, आईतबार अमेरिकाकाको न्यूयोर्क शहरको न्यू जर्सीमा खेलिने पछ।
– ब्राजिलले आफ्नो २३ औं पुरुष विश्वकप खेल्नेछ । १९३० पछि हरेक प्रतियोगितामा उपस्थित हुने ब्राजिल एक मात्र राष्ट्र हो।
– विश्वकप फाइनलमा सबैभन्दा धेरै उपस्थिति भएका देशहरू जर्मनी (२०), इटाली (१८), अर्जेन्टिना (१८) र मेक्सिको (१७) हुन्।
– अर्जेन्टिनाले इतिहासमा ट्रफी कायम राख्ने तेस्रो डिफेन्डिङ च्याम्पियन बन्ने लक्ष्य राखेको छ।
– कतारमा अर्जेन्टिनाको कप्तानीमा जित हासिल गरेका लियोनेल मेस्सीले सबैभन्दा धेरै विश्वकप खेल खेल्ने सर्वकालीन रेकर्ड राखेका छन्। उनले पाँच प्रतियोगितामा २६ खेल खेलेका छन् । उनले २००६, २०१०, २०१४, २०१८, २०२२ मा विश्वकप खेलेका मेस्सीले २०२६ पनि खेल्दैछन् ।
आयोजक देश र खेल खेलिने शहरहरू
क्यानडाः टोरन्टो, भ्यानकुभर
मेक्सिकोः ग्वाडालाजारा, मेक्सिको सिटी, मोन्टेरी
अमेरिकाः एटलान्टा, बोस्टन, डलास, ह्युस्टन, कान्सास सिटी, लस एन्जलस, मियामी, न्यूयोर्क–न्यू जर्सी, फिलाडेल्फिया, सान फ्रान्सिस्को खाडी क्षेत्र, सिएटल
