• Tuesday 6th of October 2026

संखुवासभाको च्याम्ताङ आसपास क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प


  • धनकुटा खबर
  • .

खाँदबारी । संखुवासभाको च्याम्ताङ आसपास क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएराति भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार राति १ः३१ बजे ४ रेक्टर स्केलको भूकम्प मापन गरिएको हो।

भूकम्पको धक्का संखुवासभासहित आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको जनाइएको छ। हालसम्म भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।

नेपाल भूकम्पीय दृष्टिले संवेदनशील क्षेत्रमा पर्ने भएकाले साना तथा मध्यम खालका भूकम्पहरू समय–समयमा जाने गरेका छन्। सम्बन्धित निकायले भूकम्पपछिका सम्भावित जोखिमप्रति सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖